Comments Add Comment

वीरगञ्जका थप ६१ जनाको पीसीआर परीक्षण गरिने

१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज–३ छपकैयाका कोरोना संक्रमित सफाइकर्मीको सम्पर्कमा आएका थप ६१ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको छ । कन्ट्याक्ट ट्रेसिङको आधारमा सोमबार थप ६१ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले संक्रमित सफाइकर्मीको सम्पर्कमा आएका ६१ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको जानकारी दिए ।

‘आइतबार कोभिड–१९ संक्रमण पुष्टि भएका दुवै जनाको ट्राभल हिष्ट्रीको आधारमा कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ,’ उनले भने, ‘वीरगञ्ज–३ छपकैयाबाट  दुई दिनमा ९४ जनाको थ्रोट स्वाबको नमुना संकलन गरेका छौं ।’

अर्का वीरगञ्ज–१६ का संक्रमित परिवारजनको थ्रोट स्वाबको नमुना संकलनमा भने विवाद देखिएको छ । थ्रोट स्वाबको नमुना संकलनमा खटिएको एक स्वास्थ्यकर्मीका अनुसार संक्रमितको परिवारमा १३ जना सदस्य छन् ।

दिल्लीबाट फर्किएपछि उनी परिवारसँगै घरमा बसेका थिए । तर उनका अन्य दाजुभाइ र छिमेकीले पनि एकैपटक थ्रोट स्वाबको नमुना लिनुपर्ने माग गरिरहेका छन् ।

त्यसो गर्दा झण्डै ४२ जनाको नमुना लिनुपर्ने हुन्छ । पहिलो चरणमा परिवारका सदस्यको पीसीआर परीक्षण गरेर समुदायको परीक्षण गर्ने तयारी सरोकारवालाले गरेका थिए । त्यसपछि नमुना संकलनका लागि पुगेको टोली फर्केको स्रोतले जनाएको छ ।

विवादका कारण उनीहरु कसैको पनि थ्रोट स्वाबको नमुना संकलन हुन सकेको छैन । यसअघि आइतबार नै संक्रमित सफाइकर्मीको परिवारका सदस्यसहित ३३ जनाको थ्रोट स्वाबको नमुना संकलन गरेर सोमबार हेटौंडा पठाइएको थियो ।

हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पीसीआरका लागि आवश्यक पर्ने रिएजेन्टको अभाव भएका कारण नमुना काठमाडौं पठाइएको छ ।

यो पनि पढ्नुहोस नारायणी अस्पतालमा ५० शय्याको आइसोलेसन वार्ड थपिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment