+
+
Shares

नेपाली समुदायबारे बेलायती सरकारलाई दूतावासको पत्र

रासस रासस
२०७७ वैशाख १६ गते ८:२२
राजदूत डा दुर्गाबहादुर सुवेदी ।

१६ वैशाख, लण्डन । बेलायतस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराएको छ ।

यहाँको रक्षा मन्त्रालय, गोरखा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना सङ्क्रमणका कारण वृद्धवृद्धा एवं भूतपूर्व गोरखा सैनिक र उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको दूतावासले जानकारी गराइएको छ ।

नेपाली समुदायमा भाषागत समस्या तथा अस्पताल र अत्यावश्यक सामग्रीको पहुँचलगायत अन्य विविध समस्या रहेकाले यथाशक्य चाँडो आवश्यक सहयोगका लागि आग्रह गरिएको दूतावासले जनाएको छ ।

यस सम्बन्धमा राजदूत डाक्टर दु्गाबहादुर सुवेदी आफैले ब्रिटिश सरकारको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोरखा वेलफेयर ट्रष्टमा टेलिफोन गरी ध्यानाकर्षणसमेत गराइएको दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?