Comments Add Comment

भारतले लगायो चिनियाँ र्‍‍यापिड टेस्ट किट्समा रोक

Photo Credit : GETTY IMAGES

१६ वैशाख, काठमाडौं । भारतले चीनबाट ल्याउने तयारी भएको करिब पाँच लाख र्‍यापिड परीक्षण किट्सको अर्डर रद्द गर्ने निर्णय गरेको छ ।

अनुगमनको क्रममा उक्त किट्स त्रुटिपूर्ण रहेको पाइएसँगै भारतले अर्डर रोक्ने निर्णय गरेको हो । साथै भारतले अहिले प्रयोग भइरहेका किट्सहरु पनि फिर्ता गर्ने निर्णय गरेको छ ।

र्‍यापिड परीक्षण किट्सले रगतमा एन्टिबडी भएको वा नभएको पत्ता लगाउँछ । यसले कोराना भाइरसका संक्रमित पहिचान गर्न सजिलो हुन्छ । यसले केवल ३० मिनेटमा नतिजा दिन्छ । जसको माध्यमबाट सम्भावित संक्रमित भेट्न सजिलो हुन्छ ।

यद्यपि र्‍यापिड परीक्षण किट्सले कोरोना भाइरसको परीक्षण भने गर्न सक्दैन । धेरै वैज्ञानिकहरुले कोरोना भाइरस पत्ता लगाउने गरिएको यो परीक्षणको प्रयोजनप्रति प्रश्न उठाएका छन् ।

चीनले भने भारतको दाबीलाई अस्वीकार गरेको छ । चीनले भारत पठाइएको किट्सको गुणस्तरमा कुनै समस्या नभएको जिकिर गरेको छ । भारतले पूर्वाग्रह राखेर आफ्नो किट्सलाई त्रुटिपूर्ण भनेको भन्दै चीनले आफ्नो बचाउ गरेको छ ।

भारतमा कोरोना भाइरसको परीक्षण निकै कम भइरहेको गुनासो आएपछि भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले र्‍यापिड परीक्षण किट्सबाट परीक्षणको लागि अनुमति दिएको थियो ।

शुरुमा आईसीएमआर यो किट्सप्रति अनिच्छुक देखिएको थियो तर अन्त्यमा दुई चिनियाँ कम्पनीबाट यी किट्सहरु ल्याउन अनुमति दिएको थियो ।

यद्यपि त्यसको केही समयमा नै भारतको केही राज्यमा यसले केवल पाँच प्रतिशत सही नतिजा दिने गरेको गुनासो आएको थियो । पुष्टि भइसकेका कोरोना भाइरसका बिरामीमा पनि यसले नेगेटिभ देखाएपछि यसबारे बहस शुरु भएको थियो ।

त्यसपछि आईसीएमआरले गरेको अनुगमनमा उक्त किट्स गुणस्तरीय नरहेको पाइएको थियो । सोमबार दिल्ली अदालतले भारतले किट्स खरिदको लागि वास्तविकभन्दा महँगो मूल्य तिरेको बताएको थियो । यससँगै यो मुद्दा थप जटिल बनेको थियो । यद्यपि भारतीय अधिकारीले भने अहिले गरिएको अर्डरको पैसा भुक्तान नगरिएको र अर्डर रद्द गरिएकाले नोक्सानी नहुने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment