Comments Add Comment

‘अर्काे वर्षसम्म महामारी नरोकिए ओलम्पिक रद्ध हुन्छ’

१६ वैशाख काठमाडौं । अर्को वर्षसम्म कोरोना भाइरस (कोभिड १९) को महामारी नरोकिए टोकियो ओलम्पिक २०२० रद्ध हुन सक्ने देखिएको छ ।

हाल कोरोना महामारीका कारण टोकियो ओलम्पिक सन् २०२१ सम्मका लागि स्थगित गरिएको छ । यदि अर्को वर्षसम्म कोरोना महामारी नरोकिए ओलम्पिक रद्द हुन सक्ने ओलम्पिक आयोजक कमिटीका अध्यक्ष योसिरो मोरीले बताएका छन् ।

हाल स्थगित भएको ओलम्पिक सन् २०२१ को २३ जुलाई देखि ८ अगष्टसम्म गर्ने गर्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र जापान सरकारले सहमति गरेको थियो । तर योसिरो मोरीले अब फेरि स्थगित गर्न सम्भव नहुने बताएका छन् ।

जापानको निक्कान स्पोर्टस डेलीसंगको अन्तर्वार्तामा मोरीलाई कोरोनाको संक्रमण नरोकिए सन् २०२२ को लागि ओलम्पिक सार्न सम्भव छ भनेर सोधिएकोमा उनले ‘नो’ भन्ने जवाफ दिएका हुन् । ‘यस्तो अवस्थामा ओलम्पिक रद्ध हुनेछ’ उनले भने ।

मोरीले यसअघि युद्धको समयमा ओलम्पिक रद्ध भएको स्मरण गर्दै अहिले कोरोनासँगको लडाईँलाई ‘अदृश्य शत्रुसँगको युद्ध’ भएको बताएका छन् । यदि भाइरसलाई परास्त गर्न सकिए आरामले ओलम्पिक गर्न सकिने उनको भनाइ छ ।

भाइरसलाई हराउन सक हामी शान्तसँग अर्को समरमा ओलम्पिक आयोजना गर्नेछौंं,’ उनले भनेका छन् ।

टोकियो ओलम्पिक २०२० का प्रवक्ता मासाताकायाले ओलम्पिक खेल रद्ध हुनेबारे बोल्न चाहेनन् । उनले मोरीको भनाईलाई चेयरम्यानको व्यक्तिगत विचार भएको बताए ।

जापानी आयोजक र अन्तर्राष्ट्रिय फेडेरेसनहरुले दबाब दिन थाले पछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मार्चमा ओलम्पिक एक वर्षको लागि स्थगित गरेको थियो ।

यस्तै मंगलबारै जापानी मेडिकल एसोसिएसन योसिताके योसोकुराले कोरोना भाइरसविरुद्धको भ्याक्सिन नबनाई अर्को वर्ष ओलम्पिक आयोजना गर्न धेरै गाह्रो हुने बताएका थिए । ‘उनीहरुले आयोजना गर्नुहुँदैन भनेर म भन्दिन तर यो धेरै कठिन छ’ जापानी मेडिकल एसोसिएसनका अध्यक्ष योसिताकेले भने ।

गत हप्ता जापानी स्वास्थ्य विशेषज्ञले कोरोनाविरुद्ध जापान सरकारको कदमको आलोचना गर्दै अर्को वर्ष ओलम्पिक हुनेमा आशावादी हुन नसक्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment