Comments Add Comment

घरेलु उपचार कति भरपर्दो ?

प्राकृतिक घरेलु उपचार यस्तो विधी हो, जो घरमा सजिलै उपलब्ध हुने बस्तुबाट तयार हुन्छ । जस्तो कि, अदुवा, लसुन, मसला, घिउकुमारी, तुलसी, प्याज, गोलेभडा, बेसार, नुन, मरिज, जडीबुटी आदि । यी यस्ता चिज हुन्, जो हाम्रो भान्सामा जहिले पनि उपलब्ध हुन्छ ।

घरेलु उपचारको आम विशेषता के भने, यसलाई सामान्य व्यक्तिले पनि उपयोग गर्न सक्छन् । यसकारण कुनै विशेषज्ञताको आवश्यकक्ता हुँदैन । यद्यपी यसलाई उचित तरिकारले वा उचित विधी अनुसार गर्न जान्ने हो भने त्यो थप प्रभावकारी हुन्छ ।

जटिल शारीरिक समस्यामा  घरेलु उपचार विधीले तत्काल प्रभाव पार्दैन । यद्यपी दीर्घरोग लगायत कतिपय समस्यामा भने घरेलु उपचार राम्रो विकल्प हो । डन्डिफोर वा छालाको अन्य समस्या, दाद, केस झर्ने, यीस्ट संक्रमण, टाउको दुख्ने, पेटको समस्या, ज्वरो, कब्जियत, रुँघा, श्वास संक्रमण जस्ता समस्यामा घरेलु उपचार प्रभावकारी हुन्छ ।

घरेलु उपचारले कसरी काम गर्छ ?

१. घरेलु उपचारले हानिकारक सुक्ष्म जीवाणुलाई मार्छ वा त्यसको बृद्धिलाई रोक्छ ।

२. कति हानिकारक सूक्ष्म जीवाणुलाई जीवित राख्नका लागि अनुकूल वातावरण बन्न दिदैन ।

३. प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । शरीरको सूक्ष्म जीवाणुसँग लड्न सक्षम बनाउँछ ।

घरेलु उपचारको फाइदा

अहिले घरेलु उपचार विधीबारे सजिलै जानकारी लिन सकिन्छ । विभिन्न वेबसाइट, फेसबुक, युट्युबमार्फत पनि कुन समस्यको उपचार कसरी गर्ने भन्ने कुरा जानकारी लिन सकिन्छ ।

– घरेलु उपचारको प्रयोग गर्नु वा तयार गर्नु सरल छ । कुनै विशेषज्ञताको आवश्यक्ता हुँदैन । जो कोहिले यसलाई तयार गर्न सक्छन् ।

-घरेलु उपचारको दुष्प्रभाव कम हुन्छ ।

– घरेलु उपचारमा यस्तो कुनै रसायन हुँदैन, जो शरीरका लागि हानिकारक हुन्छ ।

-घरेलु उपचार सस्तो र सजिलै मिल्छ ।

– कतिपय रोगमा घरेलु उपचार अधिक प्रभावकारी हुन्छ ।

-एकै घरेलु उपचारले कति प्रकारका उपचार गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment