Comments Add Comment

बंगलादेशबाट बिरामी छात्रालाई काठमाडौं ल्याइयो, बुद्धले गर्‍यो रेक्स्यू उडान

१६ वैशाख, काठमाडौं । बंगलादेशबाट एक जना नेपाली छात्रालाई काठमाडौं ल्याइएको छ । बुद्ध एयरले रेस्क्यू उडान गरी बंगलालादेशको ढाकाबाट एक जना नेपाली विद्यार्थीलाई काठमाडौं ल्याएको हो ।

बुद्ध एयरका अनुसार नेपाली छात्राको काठमाडौंस्थित परिवारले सरकारसँग रेस्क्यू उडानका लागि अनुमति लिएका थिए । जहाज चार्टर्ड समेत सोही परिवारले गरेको हो । ‘छात्रा गम्भीर बिरामी रहेको र उनको रेस्क्यू उडान गर्नुपर्ने भएपछि हामीले काठमाडौं ल्याएका हौं,’ कम्पनीका एक उच्च अधिकारीले भने ।

बंगलादेशमा मेडिकल विद्यार्थीहरुको बाहुल्य रहेको छ । बुद्धले केही दिन अगाडी बंगलादेशमै रहेका नागरिकलाई लैजान ढाकामा चार्टर्ड उडान गरेको थियो ।

आगामी बिहीबारसमेत बुद्धले ढाकामा अर्को चार्टर्ड उडान गर्दैछ । नेपालमा व्यवसायिक उडान बन्द भएपछि धेरै मुलुकबाट समस्यामा परेका नेपाली स्वदेश फर्कन र नेपालमा अडि्कएका नेपाली बाहिर जान पाएका छैनन् । कोरोनाको संक्रमण बढ्दै गएपछि ४ चैतयता नेपालमा राष्ट्रिय-अन्तर्राष्ट्रिय उडान बन्द रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment