News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ ।
- सोमबार चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेर ४ हजार १ सय ८५ रुपैयाँ तोकिएको छ ।
- आइतबार सुन तोलामा ४ सय र चाँदी ५० रुपैयाँ घटेका थियाे ।
२ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । हिजो आइतबार तोलामा ४ सय रुपैयाँले गिरावट आएको थियो ।
आज सोमबार सुनको भाउ तोलाको २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार भने तोलाको २ लाख ९० हजार १ सय रुपैयाँ थियो ।
त्यसैगरी चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँ बढेको छ । आइतबार ५० रुपैयाँ घटेको थियो । आज चाँदी तोलाको ४ हजार १ सय ८५ रुपैयाँ तोकिएको छ । गत शुक्रबार ४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4