Comments Add Comment

मैदा सेवन गर्नु वास्तवमै हानिकारक हुन्छ ?

मैदा पनि आटाकै कच्चा पदार्थ गहुँबाट बन्छ । तर, मैदा बन्ने प्रक्रिया यस्तो हुन्छ, जसले त्यसमा रहेको पोषक तत्व पूर्णत: नष्ट गर्छ । मैदा बनाउनका लागि गहुँलाई राम्ररी धोइन्छ । यसको बोक्रा पूर्ण रुपले हटाइन्छ । यसमा केही रसायन हालिन्छ, जसले मैदालाई सेतो एवं सफा देखाउँछ । अब, यसलाई मिहिन बन्नेगरी पिसिन्छ । गहुँमा रहेको फाइबर नष्ट हुन्छ । यहि कारण मैदा हानिकारक हुन्छ ।

उदेगलाग्दो त के भने, मैदा बनाउन प्रयोग गरिने बेन्जोइल पेरोअक्साइड नामक रसायन एकदमै अस्वस्थ्यकर मानिन्छ, जसले क्यान्सर समेत निम्त्याउन सक्छ । चीन र युरोपको केही देशमा उक्त रसायन प्रतिबन्धित छ। तर, हामीकहाँ यसैको मिश्रणयुक्त मैदा बढी सेवन गरिन्छ ।

मैदाको सेवन गर्दा के हुन्छ

मैदा बनाउने प्रक्रियामा यसबाट फाइबर अलग गराइन्छ । यसरी पूर्णत: फाइबर नभएको मैदा वा मैदाजन्य पदार्थ सेवन गर्दा पाचन यन्त्रलाई पचाउन गाह्रो हुन्छ । राम्ररी नपच्ने भएकाले यसको कति अंश आन्द्रामा टाँसिएर बस्छ, यसैले कतिपय रोग निम्त्याउँछ ।

शरीरको प्रतिरोधात्मक क्षमता घटाउँछ

मैदाजन्य परिकार सेवन गर्दा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यहि कारण सानोतिनो रोगले पनि गाँज्न सक्छ । मैदाजन्य पदार्थ सेवन गर्दा पटकपटक बिमार हुने भय रहन्छ ।

मुटु र जोर्नीको समस्या

मैदाजन्य खानेकुराले ब्लड सुगर लेभल बढ्छ । यसले रगतमा ग्लुकोज जम्न थाल्छ । नतिजा, शरीरमा रसायनिक प्रतिक्रिया हुन्छ । यहि कारण मुटुको समस्या वा जोनीको समस्या आउन सक्छ ।

पेटमा असर

पेटको लागि सबैभन्दा प्रतिकूल खानेकुरा हो, मैदा वा मैदाबाट बनेको परिकार । मैदामा फाइबर नहुने भएकाले यो पेटको लागि एकदमै हानिकारक हुन्छ । यसले कब्जियतलगायतको समस्या आउन सक्छ ।

मधुमेहको समस्या

मैदाको सेवनले ब्लड सुगर लेभल तुरुन्तै बढ्छ । यसमा ग्लाइसेमिक इन्डेक्सन अधिक मात्रामा हुन्छ, जसले मधुमेह हुने खतरा बढाउँछ ।

मोटोपन बढाउँछ

मैदाजन्य पदार्थ खाने व्यक्तिको स्वतः मोटोपन बढ्छ । त्यतिमात्र होइन, यसको अधिक सेवनले शरीरमा कोलोस्ट्रोल लेभल बढ्छ ।

हड्डी कमजोर बनाउने

मैदा बनाउने क्रममा यसमा रहेको प्रोटिन नष्ट हुन्छ र यो एसिडिक हुन्छ । यसले हड्डीको क्याल्सियम लिन्छ । यहि कारण हड्डी कमजोर हुन्छ ।

फुड एलर्जीको खतरा

मैदामा ग्लुटन पाइन्छ, जसले फुड एलर्जी पैदा गर्छ । मैदा मुलायम र लचिलो हुनुको कारण यसमा ग्लुटन बढी हुनु नै हो । तर, यसले फुड एलर्जी पैदा गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment