Comments Add Comment

कोरोना प्रभावित फुटबलकर्मीलाई राहत दिन समिति गठन

१७ वैशाख काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरस (कोभिड१९) बाट प्रभावित खेलाडी, प्रशिक्षक, रेफ्री तथा फुटबलकर्मीलाई राहत तथा सहयोग गर्नका लागि एक समिति गठन गरेको छ ।

बुधबार एन्फा कार्यसमितिको भिडियो कन्फरेन्सबाट भएको बैठकले फुटबलकर्मीलाई राहत तथा सहयोग गर्न केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । समितिमा उत्तमकुमार भण्डारी र रुपेश श्रेष्ठ सदस्य छन् ।

कार्यसमिति बैठकले जिल्ला फुटबल संघहरु, ए, बी र सी डिभिजनका क्लब, खेलाडी, रेफ्री, प्रशिक्षक र महिला संघमध्ये संकटग्रस्त फुटबल कर्मीको सूची तयार पारी ५ दिनभित्र संघको सचिवालयमा उपलब्ध गराउने निर्णय गरेको छ ।

उक्त सूचीलाई आवश्यक प्रमाणिकरण गरी राहत प्रदान गरिने प्रवक्ता किरण राईले विज्ञप्ति निकालेर जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment