१२ असोज, काठमाडौं । सर्वाेच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ ।
सर्वाेच्चका न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले रवीन्द्रलाई रिहा गर्न अस्वीकार गरेको हो ।
यस्तै, न्यायाधीश महेश शर्मा पौडेल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सञ्जिवलाई रिहा गर्न अस्वीकार गरेको हो । साथै, अदालतले दुवै मुद्दालाई मिसिल साथमा राखेर नियमानुसार गर्न आदेश दिएको छ ।
गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै रवीन्द्र पत्नी शोभा जोशी र सञ्जिव पत्नी अनिता पाण्डेले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २ असोजमा एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो ।
उनीहरूमाथि सीआईबीले खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4