Comments Add Comment

सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न माग

१८ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न सरकारसँग माग गरेको छ । कोरोनाले संकट निम्त्याएको भन्दै महासंघले  यस वर्षको रोयल्टी र नवीकरण शुल्कमा पूरै छुट दिन माग गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई बिहीबार ज्ञापनपत्र पठाउँदै महासंघले विभिन्न करमासमेत छुट दिन माग गरेको छ। ज्ञापनपत्रमा विद्युत, टेलिफोन र इन्टरनेट महसुल छुट तथा कागजसहितका अन्य प्रेस सामग्री खरिदमा पनि कर छुटसहितको राहत प्याकेज घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।

महासंघले कोरोनाबाट अतिप्रभावित जिल्लाका फिल्डमा खटिइरहेका पत्रकारको तत्काल स्वास्थ्य परीक्षण र बिमा र आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न माग गरेको छ ।

कोरोनाले निम्त्याएको संकटको बेलामा सञ्चारगृहले पत्रकारलाई बेतलबी बिदामा राख्ने, हटाउने र समयमै पारिश्रमिक उपलब्ध नगराउने समस्या देखिएकाले समस्या सम्बोधनका लागि सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment