Comments Add Comment

मध्य तराईमा संक्रमितको संख्या बढेपछि पीसीआर परीक्षणमा तीब्रता

१८ वैशाख, वीरगञ्ज । मध्य तराईको बारा, पर्सा र रौतहटमा कोरोना संक्रमित भेटिने क्रमले निरन्तरता पाएपछि थ्रोट स्वाबको नमुना संकलनमा तीब्रता दिइएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको यसअघि आरडीटी गर्ने गरिएकोमा पछिल्ला दिनमा पीसीआर परीक्षणलाई प्राथमिकता दिइएको हो । आरडीटी परीक्षण खासै विश्वसनीय पनि नदेखिएको र किट समेत कम रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

वीरगञ्ज–३ छपकैयाका सफाइकर्मी र वीरगञ्ज–१६ इनर्वाका दुई पुरुषमा संक्रमण पुष्टि भइसकेपछि १ सय ९५ जनाको थ्रोट स्वाब संकलन भइसकेको छ । जसमध्ये ९४ जनाको थ्रोट स्वाबको रिपोर्ट आइसकेको छ । उनीहरु मध्ये बाराका २ र पर्साका १ जनामा संक्रमणको पुष्टि भइसकेको छ । बाँकीको रिपोर्ट नेगेटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार आइतबार थप दुई जनामा संक्रमण पुष्टि भएपछि पीसीआर परीक्षणलाई प्राथमिकता दिइएको छ । आइतबार ३३ जना, सोमबार ६१ जना, मंगलबार १७ जना र बुधबार ८४ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ । मंगलबार रौतहटबाट संकलन गरिएका थ्रोट स्वाबको नमुना पनि वीरगञ्जबाटै काठमाडौं पठाइएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका समेत १ सय १४ जनाको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षणलाई नै प्राथमिकतामा राखेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।
‘आरडीटी किट पनि कम छ, अत्यन्त जरुरी पर्दाका लागि केही जोगाएर राखेका छौं,’ उनले भने, ‘पीसीआर परीक्षणलाई नै प्राथमिकता दिएका छौं । कन्ट्याक्ट ट्रेसिङको आधारमा शंकास्पद व्यक्तिहरुको दिनहुँ थ्रोट स्वाब संकलन गरिरहेका छौं ।’

वैशाख १७ गतेसम्म जम्मा ५ सय ३७ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । वीरगञ्ज लगायत जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ७ जना महिलासहित २ सय ४९ जना क्वारेन्टाइनमा र ३ हजार ४ सय ५७ जना होम क्वारेन्टाइनमा छन् । ठाकुरराम बहुमखी क्याम्पसमा १ सय ३३ जना भारतीयलाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment