+
+
Shares

बुद्ध जयन्ती समारोह र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित

टोपराज शर्मा टोपराज शर्मा
२०७७ वैशाख १८ गते १५:३२

१८ वैशाख, बुटवल । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण लुम्बिनीमा हुने तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित भएको छ ।

लुम्बिनी विकास कोषले बिहीबार एक विज्ञप्ति जारी गर्दै वैशाख २५ गतेका लागि तय भएको २५६४ औं बुद्ध जयन्ती मूल समारोह र त्यसको दुई दिनअघि सुरु हुने तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रम स्थगित भएको जानकारी दिएको हो।

लकडाउनका कारण विगत वर्षहरूमा जस्तो हजारौं संख्यामा मानिस भेला भई कार्यक्रम आयोजना गर्ने अवस्था नभएको कोषले जनाएको छ । तेस्रो, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा समिति गठन गरिएको थियो ।

सचिवालयसमेत स्थापना गरी सम्मेलनको तयारी भइरहेका बेला कोरोना महामारीका कारण कार्यक्रम स्थगित गर्नुपरेको कोषका कायममुकायम सदस्य सचिव ज्ञानिन राईले बताएका छन् ।  बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि कोषले ४ करोड रुपैयाँ बजेट माग गरेकामा एक करोड रुपैयाँ वार्षिक कार्यक्रम अन्तर्गत स्वीकृत भइसकेको थियो ।

बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनी विकास कोषले मायादेवी मन्दिर परिसरमा सामाजिक दुरी कायम गरीे बौद्ध भिक्षु/भिक्षुणी तथा लामा गुरुहरूबाट प्रार्थना, पूजापाठ र २५ सय ६४ वटा दीप प्रज्वलनको कार्यक्रम राखेको छ ।

कोषले बौद्धमार्गीलाई आ-आफ्नो स्थानमा सुरक्षित रही प्रार्थना एवं पाठपूजा गरी बुद्धजयन्ती मनाउन अपिल गरेको छ। हरेक वर्षको बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा कम्तीमा दश हजार जनाको जमघट हुने गरेको कामु सदस्य सचिव राई बताउँछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?