+
+
Shares

अनलाइन कक्षा नचलाउनू : पोखरा महानगर

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १८ गते १६:३३

१८ वैशाख, पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउन लम्बिँदै गएपछि विद्यालयले ‘अनलाइन कक्षा’ सञ्चालन गर्न थालेका छन् ।

तर पोखरा महानगरपालिकाले भने आफ्नो क्षेत्रका विद्यालयहरुलाई अनलाइन कक्षाहरु सञ्चालन नगर्न निर्देशन दिएको छ । महानगर शिक्षा शाखाले बिहीबार विज्ञप्ति जारी गरी अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनेको हो ।

महानगरभित्रका केही संस्थागत विद्यालयले आवश्यक प्रक्रिया र पूर्वाधारबिनै कक्षा सञ्चालन गरेको भन्दै महानगरले अनमुति बिना कक्षा सञ्चालन नगर्न सूचना जारी गरेको हो । ‘कुनै प्रक्रिया र पूर्वाधार पनि छैन । अनलाइन कक्षाको नाममा नर्सरी, एलकेजीका विद्यार्थीलाई मानसिक तनाव पनि दिनुहँदैन,’ पोखरा महानगर शिक्षा शाखा प्रमुख गंगाबहादुर गुरुङले अनलाइनखबरसँग भने, ‘प्रक्रिया र पूर्वाधार नपुगेको कक्षाले विद्यार्थीलाई ज्ञान होइन झनै मानसिक तनाव थोपर्छ ।’

उनले कक्षा ९ भन्दा मुनीका कक्षाहरुमा अनलाइन क्लास सञ्चालन नगर्न आग्रह गरे । उनले एसईई र माथिल्लो कक्षाको हकमा भने कुनै रोकतोक नभएको सुनाए ।

गुरुङले अनलाइन कक्षा सञ्चालन गर्दा महानगरदेखि स्वीकृति लिएर मात्रै सञ्चालन गर्न आग्रह गरेका छन् । ‘महानगर नै भएपनि अहिले प्राय गाउँ फर्किएका छन् । सबै इन्टरनेटको पहुँचमा छैनन्,’ उनले भने, ‘अनलाइन कक्षा शःशुल्क हो कि निःशुल्क हो ? सबै खुलाएर महानगरसँग अनमुति लिन भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?