Comments Add Comment

जेठ १४ सम्म आयात हुने स्वास्थ्य सामाग्रीमा भन्सार शुल्क छुट

१८ वैशाख, काठमाडौं । सकारले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री आयातमा दिइँदै आइएको भन्सार महशुल छुटको सुविधा लम्ब्याउने निर्णय गरेको छ । यस्तो छुट सुबिधा अब जेठ १४ गतेसम्म कायम हुने अर्थमन्त्रालयले जनाएको छ ।

व्यवसायिक प्रयोजनमा ल्याइने सर्जिकल मास्क तथा पञ्जामा दिईदै आईएको भन्सार महसुल पनि सोही समयसम्मका लागि छुट पाईने छ । तर व्यापारीक प्रयोजनका लागि ल्याईएका त्यस्ता स्वस्थ्य सामाग्री अत्याधिक नाफा राखेर बिक्रि वितरण गर्न भने पाईने छैन ।

जेठ १४ गतेसम्म भन्सार बिन्दुमा आई पुग्ने स्वास्थ्य सामाग्रीमा मात्रै छुटको प्रावधान लागु हुने अर्थ मन्त्रालयले जनाएको छ । सरकारले बिहीबार सार्वजसनक गरेको दोस्रो चरणको राहत प्याकेज अन्र्तगत यस्तो सहुलियत घोषणा गरेको हो ।

यस्तै सेनिटाईजर बनाउने प्रयोजनका लागि स्वास्थ्य सेवा विभागको सिफारिसमा स्वदेशी औषधी उद्योगले स्वदेशी उद्योगसँग इथानोल किन्दा लाग्ने अन्त शुल्क पूर्णरुपमा मिनाहा हुनेछ ।

उद्योगी व्यवसायीले आयात निर्यात गर्दा कन्टेनर तथा ट्रकमा लाग्ने डिटेन्सन शुल्क पनि मिहाना गर्ने निर्णय पनि सरकारले गरेको छ । भन्सार मूल्याकंन पुनरावलोकनको समय अवधि लकडान सकिएको मितिले १५ दिन पछिसम्म कायम रहने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment