Comments Add Comment

कांग्रेसले भन्यो- प्रदेश १ मा पीसीआर परीक्षणको दर बढाऊ

१८ वैशाख, विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर एक संसदीय दलले कोभिड १९ को बढ्दो संक्रमण, रोकथाम र नियन्त्रणका लागि तत्काल पीसीआर परीक्षणको दर बढाउन माग गरेको छ ।

संघीय र स्थानीय सरकारसँग समन्वय गरी पीसीआरको परीक्षण दर बढाउन कांग्रेसले माग गरेको हो । आरडीटी परीक्षण विश्वसनीय नदेखिएको भन्दै कांग्रेसले यसबाट गरिने परीक्षण रोक्न माग समेत गरेको छ ।

कांग्रेस प्रदेश नम्बर १ संसदीय दलको शुक्रबार बसेको बैठले प्रदेशमा कोरोना संक्रमणको उच्च जोखिम रहेको निष्कर्ष समेत निकालेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा २८ जना संक्रमित देखिएको हुँदा भुल्केका सबै स्थानीय जनता र उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको परीक्षण पीसीआर विधिबाट गर्न सरकारसँग माग गरिएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए ।

यस्तै, गाईघाट बजार, मोतीगढा, देउडी, जलजलेलगायत क्षेत्रमा पनि पीसीआर विधिबाट कोरोनाको परीक्षण गर्न सरकारसँग कांग्रेसले आग्रह गरेको छ । कांग्रेसले उदयपुरमा कोरोना उपचार केन्द्र स्थापना गर्न माग समेत गरेको छ ।

त्यसैगरी, राहत वितरण गर्न प्रदेश सरकारले एकद्वार नीति अवलम्बन गरेको भनिए पनि मन्त्रीहरू र सरकारपक्षबाट नै उलङ्घन नै गरेको पाइएको कांग्रेसको निष्कर्ष छ । त्यसैगरी राहत कोषमा जम्मा भएको नगद तथा जिन्सीको विवरण, स्वास्थ्य सामग्री खरिदको खर्च र समग्र वितरण प्रक्रिया पारदर्शी बनाउन कांग्रेसले माग गरेको छ । मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा मात्र राहत केन्द्रीत गरेको आरोप कांग्रेसले लगाएको छ ।

उसले सरकारले दैनिक ज्याला मजदुरी गर्ने, किसान, निम्न मध्यम वर्गीय, मध्यम वर्गीय परिवार, उद्योगी व्यवसायीहरूसमेत कोरोना भाइरसबाट प्रभावित भएकोले एकमुष्ठ राहतको प्याकेज घोषणा गर्नुपर्ने माग समेत अघि सारेको छ ।

व्यक्ति-व्यक्तिबीच दुरी कायम गर्दै खेतीपाती, उत्पादन र औद्योगिक गतिविधिको वातावरण बनाउन सरकारले पहल गर्न उसले सरकारलाई सुझाएको ।

लकडाउनका कारण देश तथा विदेशमा अलपल अलपत्र परेका प्रदेश नं १ का नागरिकको उद्धार र व्यवस्थापन गर्न प्रदेश सरकारले अगुवाइ लिने र उनीहरूको कांग्रेसले स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइनमा राख्ने प्रवन्धलाई थप प्रभावकारी बनाउन सरकासँग आग्रह गरेको छ ।

व्यक्ति-व्यक्तिबीचको दुरी कायम गर्दै पूर्वबजेट तयारी तथा छलफल सञ्चालन गर्ने र बजेट अधिवेशन सुरु गर्न कांग्रेसले माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment