Comments Add Comment

बारामा नलकटुवा बन्दुकसहित एक जना पक्राउ

१८ वैशाख, वीरगञ्ज । बाराबाट प्रहरीले नलकटुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नं.३ सिपुरा टोल बस्ने ३५ वर्षीय मनोज राय रहेका छन् ।

इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको टोलीले बुधबार बेलुका पौने ८ बजे सडकमा शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा रायलाई पक्राउ गरेको थियो ।

रायको शरीर खानतलासी गर्दा कम्मरमा लुकाएर बोकेको अवस्थामा अवैध नलकटुवा बन्दुक एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनीविरुद्ध बारा जिल्ला अदालतमा हातहतियार तथा खरखजना शीर्षकमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment