Comments Add Comment

प्युठानका ९३ जनालाई काठमाडौं र बुटवलबाट उद्धार

१८ वैशाख, प्युठान । नेपाली कांग्रेस प्युठानले कोरोना भाइरस (कोभिड–१९) महामारीको प्रसार रोक्न गरेको लकडाउनका कारण विपद्मा परेका मजदुर तथा विद्यार्थीहरूलाई उद्धार गरेको छ । समस्यामा परेका जिल्लावासीलाई यथासक्य सहयोग र उद्धार गर्ने नीति अनुरुप काठमाडौंमा समस्यमा परेकाहरुलाई उद्दार गरिएको प्युठान काँग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि प्रमोद पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार अहिलेसम्म ९३ जनालाई उद्धार गरिसकिएको छ ।

यसरी उद्धार गरिएकाहरूमध्ये राजधानी काठमाडौंबाट ८१ जना र बुटवलबाट १२ जना विपद्मा परेका मजदुर तथा विद्यार्थीहरू रहेका छन् । जसमध्ये प्युठानको झिमरुक गाउँपालिकाका ५६ जना, मल्लरानी गाउँपालिकाका २२ जना, प्युठान नगरपालिकाका नौ जना, गौमुखी गाउँपालिकाका चार जना रहेका छन् । त्यस्तै, स्वर्गद्वारी नगरपालिकाका पाँच जना र छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीका एकएक जना गरी कुल ९३ जनालाई उद्धार गरिएको पोखरेलले जानकारी दिए ।

उनीहरूलाई बाटोमा खानाको व्यवस्था गर्नुका साथै सुरक्षित रुपमा गन्तव्यसम्म पठाउने काम गरिएको छ । यसरी उद्दार गरिएकाहरूलाई प्युठानका अन्य स्थानीय सरकारले आफ्ना जनता उद्धार गरे पनि झिमरुक गाउँपालिकाले भने गाउँ प्रवेशमा रोक लगाएको पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment