Comments Add Comment

जन्मदिनमा सञ्चिताः पर्खाइ ‘आयो भैरव’को

नायिका सञ्चिता लुइँटेलको आज जन्मदिन हो । नेपाली चलचित्र क्षेत्रमा ‘अप्सरा’ चलचित्रबाट नायिका लुइँटेलको प्रवेश भएको हो ।

उनले करिअरमा थुप्रै हिट चलचित्रमा काम गरेकी छिन् । नायिका लुइँटेलले अभिनय गरेको ‘माया नमार, माया त माया हो, कोही मेरो, अप्सरा, नाइँ नभन्नु ल-३, सरगम, राधा, सम्झना’ लगायतका चलचित्र चर्चामा थिए ।

आज पनि उनलाई दर्शकहरूले ‘अप्सरा’ नामले चिन्छन् । नायिका लुइँटेलले चलचित्र ‘माया त माया हो’मा काम गर्दै गर्दा नायक निखिल उप्रेतीसँग बिहे गरेकी थिइन् ।

त्यसपछि भने उनको करिअर खासै सुखद बनेको छैन । बिहे गरेर ५ बर्ष मुम्बई बसेर नेपाल फर्किएपछि निखिल र संचिता दुवैले चलचित्रमा काम त गरेका छन् । तर, दुवैलाई अपेक्षित सफलता भने मिलेको छैन ।

उनै, सञ्चिता अब निखिलले नै निर्देेशन गर्ने चलचित्र ‘आयो भैरव’को पर्खाइमा छिन् । यो चलचित्रले उनको क्रेजलाई फेरि फर्काउने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment