+
+

गोल्यान एग्रोले दुबई निर्यात गर्‍यो खरबुजा र मेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १९ गते १८:२६

१९ वैशाख, काठमाडौं । नेपालबाट गोल्यान एग्रोले दुबईमा खरबुजा र मेवा निर्यात गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा गोल्यान एग्रोले बुधबार नेपालबाट फलफूल निर्यात गरेको हो ।

नेपालबाट बुधबार सात हजार किलो खरबुजा र १५ सय किलो मेवा दुबई पुगेको दुबईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

नेपालमा उत्पादित फलफूल तथा कृषिजन्य वस्तुहरू युएई आयातका लागि दूतावासले पहल गरिरहेको राजदूत ढकालले उल्लेख गरेका छन् ।

उक्त फलफूल गोल्यान एग्रो कम्पनीले निर्यात गरेको गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले बताए ।

विशेष गरेर निर्यातजन्य उद्योगहरुमा लगानी रहेको पुरानो व्यवसायिक घराना गोल्यान समूह पछिल्लो समय कृषिमा लगानी गर्नतिर लागेको छ ।

समूहका अध्यक्ष गोल्यानले केही वर्षयता कृषिमा निकै रुचि देखाएका छन् । उनकै सक्रियतामा झापाका विभिन्न ठाउँमा अर्गानिक कृषि फार्महरु सुरु गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?