Comments Add Comment

प्रदेश २ मा कोरोना आशंकित १६ जना आइसोलेसनमा

१९ वैशाख, जनकपुरधाम। प्रदेश २ मा कोरोना संक्रमणको आशंकामा १६ जनालाई आइसोलेसनमा राखिएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधाममा ८ जना, बाराको सिमरास्थित अस्थायी आइसोलेसन अस्पतालमा ७ जना र सिराहाको महेन्द्र गेनाई अस्पतालमा एक जना आशंकितलाई राखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार १६ जनाकै स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

प्रदेश २ मा हालसम्म १२ जना कोरोना संक्रमित फेला परेका छन् । यसमध्ये ४ जना स्वस्थ्य भएर फर्किसकेका छन् भने आठ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेशमा हालसम्म दुई हजार तीन सय ८५ जनाको स्वाब परीक्षण गर्दा १२ जनाको पोजेटिभ देखिएको हो । चार सय ६५ जनाको नतिजा आउन बाँकी छ भने अन्यको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशमा शुक्रबारसम्म पाँच हजार एक सय ६१ जनाको र्‍यापिड टेस्ट गरिएको छ । यसमध्ये १० जनाको पोजेटिभ देखिएपनि पीसीआर रिपोर्टमा नेगेटिभ देखाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment