+
+

ऋषिको अन्तिम संस्कारमा आलियाले यसकारण प्रयोग गरेकी थिइन् मोबाइल

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २० गते १३:१२

बलिउड नायक ऋषि कपुरको बिहिबार निधन भयो । ६७ बर्षको उमेरमा उनको ब्लड क्यान्सरका कारण निधन भएको हो । लक डाउनका कारण उनको दाहासंस्कारमा उनको परिवार र आफन्त मात्र सहभागी थिए ।

सो समयमा नायिका आलिया भट्ट पनि उपस्थित थिइन् । ऋषि पत्नी नितु कपुरको छेउमै उभिएर रोइरहेकी आलियाले मोबाइल फोन पनि प्रयोग गरेकी थिइन् ।

अन्तिम संस्कारको दुखद क्षणमा पनि मोबाइलबाट भिडियो र फोटो खिचेको भन्दै सामाजिक संजाल प्रयोगकर्ताले आलियामाथि ट्रोल गरिरहेका छन् ।

तर, आलियाले मोबाइल फोन प्रयोग गर्नुको कारण अर्कै छ । आफ्ना पिताको अन्तिम संस्कारमा दिल्लीमा रहेका कारण छोरी रिद्दिमा मुम्बई आउन सकिनन् ।

यसैले, आलियाले भिडियो च्याट मार्फत रिद्दिमालाई ऋषिको अन्तिम संकार देखाएकी थिइन् । रिद्दिमा भिडियोकै माध्यमबाट भएपनि आफ्ना बाबुलाई अन्तिम श्रद्धाञ्जली दिन चाहन्थिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?