+
+

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते ११:५६

२१ वैशाख, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवासबहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे । सम्झौताअनुसार अब बैंकले सेञ्चुरी पे नामक एपमार्फत् मोबाइल बैकिङ सेवा उपलब्ध गराउनेछ ।

सेञ्चुरी पेमार्फत् ग्राहकले ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्सफर, बिजुलीको महसुल, टीभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढी मर्चेन्टमा क्युआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ ।

यसैगरी सेञ्चुरी पेमा आफ्नो मोबाइलमार्फत आफैं मोबाइल बैंकिङ एक्टिभ गर्न सकिनुका साथै फिंगर प्रिन्ट इनेबल गरी कारोबार गर्न सकिने जनाएको छ । एफवान सफ्टले तयार गरेको यो मोबाइल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?