Comments Add Comment

पीपीईको शंकास्पद भण्डारमा सिल

२१ वैशाख, काठमाडौं । कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य सामाग्रीको शंकास्पद भण्डारमा वाणिज्य विभागले सिल गरेको छ ।

काठमाडौंको बबरमहलमा रहेको ई-ज्ञानकुञ्जको कार्यालयमा राखिएको ६३ कार्टुन व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), पञ्जा, चस्मा लगायतको गोदाममा सिल गरिएको वाणिज्य विभागले जनाएको छ ।

बालाजु क्षेत्रमा बिक्री पसल रहेको आँखु इन्टरप्राईजेजको भण्डारण अरु नै प्रयोजनमा खोलिएको कार्यालयमा पाईएपछि सिल गरिएको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले जानकारी दिए ।

‘कारोबार क्षेत्रभन्दा फरक ठाउँमा शंकास्पद भण्डारण पाइयो, सामान सिल गरेका छौँ, अनुसन्धान हुँदै छ,’ निर्देशक मिश्रले भने ।

स्वास्थ्य सामाग्रीको भण्डारण सूचना प्रविधि सम्बद्ध कार्यालयमा पाइएपछि सम्बन्धित कम्पनीसँग थप कागज पत्र मगाएको पनि विभागले  जनाएको छ ।

साढे दुई सय फर्म अनुगमन

वाणिज्य विभागले चैतदेखि वैशाख तेस्रो हप्तासम्म अनुचित व्यपारिक क्रियाकलापमा संलग्न ७० वटा फर्मलाई  जारीवाना तथा कारबाही गरेको छ । यो अवधिमा विभागले जम्मा २४५ वटा फर्मको अनुगमन गरेको विभागका अनुगमन निर्देशक सागर मिश्रले बताए ।

अनुगमन क्रममा खाद्यन्न, तरकारी, ग्यास, स्वास्थ्य सामाग्री लगायतमा बढी मूल्य लिने, मूल्य सूची नराख्ने, बिल बिजक जारी नर्गो त्यस्ता फर्म तथा सुप्पर मार्केटलाई कारबाही गरिएको थियो ।

अनुगमन अवधिमा डेढ महिनामै ७० फर्मबाट विभागले ७० लाख ६५ हजार जरिवाना तिरएको छ ।

विभागको छड्केमा पर्नेहरुमा खाद्यन्न बिक्री गर्ने २३, ग्यास बिक्री गर्ने ६, औषधि बिक्री गर्ने पाँच, ग्यास बिक्री गर्ने पाँच, अनलाइन कारोबार गर्ने दुई र खाद्यववस्तु उत्पादन गर्ने एउटा उद्योग तथा र्फमहरु कारवाहीमा परेका छन् ।

नौ वटा सर्जिकल पसल, पाँच वटा श्रगांर पसल, दुई-दुईवटा सुपर मार्केट, फलफूल पसल र मार्ट, एक-एक वटा पेट्रोल पम्प र माछा पसल पनि कारवाहीमा परेका थिए ।

विभागले अनुगमन क्रममा एक सय नौवटा र्फममा अनुचित कारोबार नभइको पाएको थियो भने ६० वटा र्फमलाई सुधार गर्न निर्देशन दिएको जनाएको छ ।

यस्तै दुई वटा र्फमको वस्तु नमूना संकलन गरेर विभागमा ल्याएर अनुसन्धान थालिएको छ भने ४ वटा र्फमलाई स्पष्टीकरण सोधिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment