
नायिका करिश्मा मानन्धर लकडाउनको समयमा कहिले सामाजिक काममा व्यस्त छिन् भने कहिले प्राकृतिक सुन्दरतामा रमाइरहेको देखिन्छिन् ।
करिश्मा विशेषगरी राजनीतिमा लागेसँगै उनको समालोचना खुबै हुने गरेको छ । सामाजिक सञ्जालमा करिश्माले लेखेका विषयहरू कहिले विवादित बनेका छन् भने कहिले चर्चामा पनि छन् ।
नायिका करिश्मा मानन्धर साना-साना कुरामा पनि ट्रोलको सिकार भएकी छिन् । उनै करिश्माले सामाजिक सञ्जालमा स्टाटस कोर्दै अरूको कमजोरी नियाल्न समय नखर्चिन आफ्ना आलोचकहरूलाई सुझाव दिएकी छिन् ।
करिश्मा लेख्छिन्–‘अरूको कमजोरी नियाल्न समय खर्चिनुभन्दा आफनो खुबीहरू के-के छन् भन्ने थाहा पाउन समय खर्च गर्यो भने भोलिको दिनमा काम लाग्छ ।’
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै मानिसहरूले कलाकार र नेतालाई निकै नै ट्रोल गर्ने क्रम पनि बढेको छ । करिश्माले मानिसहरूलाई आफ्नो खुबी नियाल्न अपिल गरेकी छिन्।
प्रतिक्रिया 4