+
+
Shares

‘अमेरिकामा कोरोनाबाट दैनिक तीन हजारको मृत्यु हुन सक्छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते १६:२३
फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । अमेरिकामा आगामी जुन महिनासम्ममा कोरोना भाइरस (कोभिड–१९) बाट दैनिक मृत्यु हुनेको संख्या तीन हजारसम्म पुग्न सक्ने एक प्रतिवेदनले देखाएको छ ।

न्युयोर्क टाइम्सले प्रकाशित गरेको आन्तरिक प्रतिवेदनमा यस्तो पाइएको हो । अहिले दैनिक रूपमा हुने गरेको १ हजार सात सय ५० मृत्युको तुलनामा यो संख्या ७० प्रतिशत बढी हो । यो आँकडा संघीय आपतकालीन व्यवस्थापन नियोगको सरकारी अनुमानमा आधारित छ ।

यो आँकडाअनुसार मे महिनाको अन्तिमसम्ममा प्रतिदिन दुई लाख नयाँ संक्रमित देखिन सक्ने बताइएको छ । अहिले यो संख्या २५ हजार छ ।

अहिले अमेरिकाको करिब आधा राज्यमा लकडाउनमा छुट दिन सुरु गरिएको अवस्थामा यस्तो प्रतिवेदन सार्वजनिक भएको हो । अमेरिकाको फ्लोरिडामा ठूलो संख्यामा माननिसहरु समुद्री तटमा भेला भएको तस्वीरहरु सार्वजनिक भएका छन् । यो राज्यमा धेरै व्यापारिक प्रतिष्ठानहरु पुनः खुल्न थालेका छन् । अहिलेसम्म अमेरिकामा ११ लाख ८० हजारभन्दा धेरै मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने ६८ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?