+
+
Shares

३ महिनापछि यसरी सुरु भयो भियतनाममा पठनपाठन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते १७:२५

२३ वैशाख, काठमाडौं । भियतनाममा सोमबारदेखि विद्यालय खुलेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि विद्यालय बन्द भएको ३ महिनापछि सोमबार त्यहाँका विद्यालय खुलेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आएसँगै विद्यालयहरू सञ्चालनमा आएको त्यहाँका सरकारी अधिकारीहरूले बताएका छन् ।
तीन महिनापछि विद्यालय खुले पनि सुरक्षाका उपाय अपनाउन अनिवार्य गरिएको छ ।

गत फेब्रुअरीको सुरुदेखि भियतनाममा सबै विद्यालयहरु बन्द थिए । विद्यालय खुलेसँगै सोमबार अधिकांश विद्यार्थीहरु विद्यालय गएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार भियतनाममा एउटा कोठामा भीड नहुने गरी सानो समूहमा छुट्याएर पढाइ थालिएको छ ।
यद्यपि, केही विद्यालयलाई भने भौतिक दूरी कायम राखेर पठनपाठन सञ्चालन गर्न कोठा र शिक्षक अभाव देखिएको छ ।

केही विद्यालयले भने तालिका परिवर्तन गर्दै अनलाइन र टेलिभिजन अध्यापनलाई निरन्तरता दिएका छन् ।

भियतनाममा कोरोनाबाट कसैको ज्यान गएको छैन । तर, २ सय ७१ मा संक्रमण देखिएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?