Comments Add Comment

पर्साको पोखरीया नगरपालिकाको सभाहलमा आगलागी

१० लाखको क्षति भएको अनुमान

२४ वैशाख, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिका कार्यालयमा आगलागी भएको छ । बुधबार मध्यान्न १२ बजेतिर कार्यालयको सभाहलमा आगलागी भएको हो । आलागीबाट करिब १० लाख मूल्य बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ।

सभाहलमा राखिएको ब्याट्री सर्ट भएर आगलागी भएको हुन सक्ने उपप्रमुख सलमा खातुनले अनलाइनखबरलाई जानकारी दिइन् । नगरपालिकाकै दमकलको सहायताले स्थानीय र सुरक्षाकर्मी मिलेर आगलागी नियन्त्रणमा लिइएको खातुनले बताइन् । वीरगञ्ज महानगरपालिका कार्यालयबाट दमकल गएको थियो । तर आगो नियन्त्रणमा आइसकेकोले बीच बाटोबाटै दम्कल फर्किएको प्रहरीले जनाएको छ ।

खातुनले भनिन् ‘‘मिटिङ हलमा सोलार सिस्टम जडानका क्रममा ८ थान ब्याट्री राखेका थियौं, त्यही ब्याट्री सर्ट भएर आगलागी भएको हुनसक्छ । समयमै आगलागी नियन्त्रणमा आएकोले थप क्षति हुन पाएन,’  खातुनले भनिन्, ‘ब्याट्री ८ थान, इन्भर्टर, एसीमा क्षति पुगेको छ । झ्यालका सिसाहरु समेत फुटेका छन् ।’

क्षतिको यकिन विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment