+
+
Shares

रुपन्देहीमा क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १७:१७

२४ वैशाख, बुटवल । रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेकाहरुलाई योग प्रशिक्षण दिन सुरु गरिएको छ ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोटहीमाई–५ मझगांवास्थित मर्चवार आदर्श मावि क्वारेन्टाइनमा बसेका ३० जनालाई योग प्रशिक्षण दिने व्यवस्था मिलाएको हो ।

लुम्बिनी आयुर्वेद चिकित्सालयका वरिष्ठ कविराज गणेश सापकोटा र योग प्रशिक्षक विष्णुहरि आचार्यले क्वारेन्टाइनमा बसेकाहरुलाई योग प्रशिक्षण दिइरहेका छन् । क्वारेन्टाइनमा बस्ने सबैको दिनचर्या, सरसफाइका उपाय, खानपान शैली, रोग प्रतिरोध क्षमताको वृद्धिका उपाय, सामान्य लक्षणको उपचारका विषयमा उनीहरुले प्रशिक्षण दिइरहेका छन् ।

क्वारेन्टाइनमा रहेकाहरुलाई प्रत्येक बिहान गुर्जो, जेष्ठ नागरिकहरुको लागि अर्सुगन्धा, प्रसूती तथा स्त्रीको लागि सतावरी चूर्ण लगयतका आयुर्वेदिक औषधीहरु गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवलाई हस्तान्तरण गरेका थिए ।

केही दिनअघि आदर्श माविको क्वारेन्टाइमा बस्दै आएका एक २५ वर्षीय युवकमा कोरोना पाजेटिभ भेटिएपछि उनी बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?