+
+
Shares

वीरगञ्जमा थपिएका १७ संक्रमित एकै परिवारका सदस्य

सुरेश विडारी सुरेश विडारी
२०७७ वैशाख २४ गते १७:०९

२४ वैशाख, वीरगञ्ज । बुधबार थपिएका १७ जना कोभिड – १९ का संक्रमित वीरगञ्जको एकै परिवारका सदस्य भएको पाइएको छ ।

वीरगञ्ज महानगरपालिका-३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आइतबार पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको थियो ।

त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ६६ वर्षका वृद्धसमेत छन् ।

संक्रमित परिवारका सदस्यहरूले भने लकडाउन घोषणा भएपछि आफूहरू बाहिर नगएको बताएका छन् । अस्पतालका अधिकारीहरू ३६ वर्षका पुरुषलाई भएको संक्रमणको स्रोत नै पत्ता नलागेको बताउँछन् ।

अब परिवारको सबै सदस्यमा संक्रमण देखिएकाले उनीबाट परिवारको सदस्यमा सरेको हो कि अर्का सदस्यबाट हो भन्ने यकिन गर्न नसकिने वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?