Comments Add Comment

पीसीआर परीक्षणको पर्याप्त व्यवस्था गर : मानव अधिकार आयोग

२४ वैशाख, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना भाइरस संक्रमण पत्ता लगाउन पीसीआर परीक्षणको पर्याप्त उपकरण व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

संक्रमण पत्ता लगाउनका लागि आरडीटी परीक्षण भरपर्दो नभएकोले पीसीआर परीक्षणको लागि पर्याप्त उपकरणको व्यवस्था गर्न र संक्रमित क्षेत्रमा पीसीआर परीक्षणलाई तीब्रता दिन आयोगले सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै आयोगले अस्पतालहरुमा पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेको छ । आयोगले कोभिड–१९ बाट उत्पन्न परिस्थितिका विषयमा नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघसँग सहकार्य गरी अनुगमन गरिरहेको जनाएको छ । त्यसबाट

अनगुमनबाट प्राप्त तथ्यको आधारमा बुधबार सरकारलाई बुँदागत सुझाव दिँदै आयोगले अन्तर्राष्ट्रिय सीमा नाकाबाट लुकिछिपी प्रवेश गर्ने मानिसको नियन्त्रण गर्न र सवारी साधनमा भइरहेको अव्यवस्थित आवतजावत र भीडलाई रोक्न पनि आग्रह गरेको छ ।

क्वारेण्टाइन स्थलमा रहेका मानिसका लागि मौसम अनुकूलको ओढ्ने, ओछ्याउने, सरसफाइको लागि आवश्यक शौचालय, पानी, औषधी र खाद्यान्नको उचित प्रबन्ध गर्न पनि सुझाव दिएको छ ।

आयोगले विदेशमा अलपत्र नेपाली विद्यार्थी, आप्रवासी कामदार, पर्यटक तथा कामको सिलसिलमा विदेशमा रहेकाहरुको आधारभूत आवश्यकता परिपूर्तिको लागि कुटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ । त्यस्तै उनीहरुलाई स्वदेश फर्कने वातावरण तयार गर्न पनि आयोगको सुझाव छ ।

लकडाउन कार्यान्वयन गर्न खटिएका सुरक्षाकर्मीमाथि कतिपय स्थानमा आक्रमण भएको भन्दै आयोगले जोखिम विश्लेषण गरी सुरक्षाकर्मी थप गर्दै उनीहरुको मनोबल उच्च बनाउन आग्रह गरेको छ ।

त्यस्तै सुरक्षाकर्मीको बसोबास, खाद्यान्न र स्वास्थ्य–सुरक्षा उपकरणको समेत उचित प्रबन्ध गर्न आग्रह गरेको छ । त्यस्तै समाचार संकलनमा हिँडेका सञ्चारकर्मीहरुलाई आवश्यक सूचना उपलब्ध गराउन तथा दुव्र्यवहार नगर्न पनि आयोगले सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment