Comments Add Comment

बुद्ध जयन्ती मनाउने अवस्था रहेन, घरमा दीपावली गरौं : प्रधानमन्त्री ओली

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणका कारण बुद्ध जयन्तीको कार्यक्रम मनाउन सक्ने अवस्था नरहेको भन्दै घरघरमा दीपावली गर्न आह्वान गरेका छन् ।

शान्तिको चाहनामा आज विश्व तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

बुद्धजयन्तीको अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘गौतम बुद्धको स्मृति र सम्मानमा उहाँका शान्तिका सन्देशहरु हामी सबै मिलेर सम्प्रेषण गरौं ।’

प्रधानमन्त्री ओलीले रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिका र कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्न तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ-आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न अनुरोध गरेका छन् ।

बुद्धजयन्तीको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको भन्दै सबैलाई सजग रहन आह्वानसमेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment