Comments Add Comment

अदिती सोध्छिन्- ‘कुन पोज राम्रो ?’

चलचित्र ‘बेञ्जो’को छायांकन सुरु नहुँदा नायिका अदिती बुढाथोकी यतिबेला फुर्सदमा छिन् । चलचित्रको निर्माण रोकिँदा यो वर्ष दर्शकसँग अदितीको भेट हुने सम्भावना कम हुँदै गएको छ ।

निर्देशक सुरेन्द्र पौडेल आफैँले पनि चलचित्रको छायांकनका लागि आफू तयार भएपनि लकडाउनका कारण काम सुरु गर्न नसकेको बताएका छन् ।

चलचित्र ‘कृ’पछि नायिका बुढाथोकी दर्शकमाझ यो चलचित्रमार्फत् आउन लागेकी हुन् । त्यसकारण यो चलचित्र उनी र उनका शुभचिन्तकहरूका लागि विशेष हुनेछ ।

उनै अदितीले सामाजिक सञ्जालमा भने आफ्नो सक्रियतालाई कम हुन दिएकी छैनन् । अहिले कुनै पनि कार्यक्रम आयोजना नभएकाले पनि कलाकारहरूसँग नयाँ तस्वीर छैनन् । तर, पनि उनीहरू पुरानै तस्वीर पोस्ट गरेरै भएपनि शुभचिन्तकहरूसँग जोडिएका छन् ।

अदितीले पनि आफ्ना दुई तस्वीर पोस्ट गर्दै ‘कुन पोज राम्रो ?’ भनेर शुभचिन्तकसँग जिज्ञासा राखेकी छिन् । अब अदितीको कुन तस्वीर राम्रो भनेर भन्ने जिम्मा त उनका शुभचिन्तकहरूलाई नै उनले दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment