+
+
Shares

सोनाक्षीका श्रीमानसँग अदितीको रोमान्टिक म्युजिक भिडियो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री अदिती बुढाथोकीले बलिउड अभिनेता जहिर इकबालसँग 'फरिश्ता' बोलको म्युजिक भिडियोमा रोमान्टिक अभिनय गरेकी छिन्।
  • फरहाद साम्जीद्वारा निर्देशित यस भिडियोलाई अहिलेसम्म १९ लाख पटकभन्दा बढी हेरिएको छ।
  • कमल खानको स्वर रहेको उक्त गीतको भिडियोमा अदिती र जहिरको रोमान्सलाई आकर्षक दृश्यहरूमा उतारिएको छ।

काठमाडौं । नेपाली अभिनेत्री अदिती बुढाथोकी पछिल्लो समय मुम्बइमा ब्यस्त छिन् । त्यहाँ रहेर उनी म्युजिक भिडियो, कन्टेन्ट क्रिएसन र विज्ञापन फिल्ममा सक्रिय छिन् ।

यसबीच, उनले चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हाका श्रीमान तथा अभिनेता जहिर इकबालसँग ‘फरिश्ता’ बोलको म्युजिक भिडियोमा काम गरेकी छिन् ।

भिडियोमा अदिती र जहिरको रोमान्टिक अन्दाज देख्न सकिन्छ । गायक कमल खानको स्वर रहेको गीतको भिडियो फिल्मी शैलीमा निर्माण गरिएको छ । फरहाद साम्जीको निर्देशनमा तयार भएको यस भिडियोमा समुन्द्री तटका मनमोहक दृश्यमा जहीर र अदितीको रोमान्सलाई आकर्षक ढंगले उतारिएको छ ।

उत्कृष्ट छायांकन, लोकेसन र प्रस्तुतिका कारण भिडियोले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्ने अपेक्षा गरिएको छ । अदितीले अभिनय गरेका नेपाली कथानक फिल्महरू कृ र बाबरी प्रदर्शनमा आइसकेका छन् । त्यसयता उनी मुम्बइमै ब्यस्त छिन् ।

अहिलेसम्म अदिती र जहिरको यो म्युजिक भिडियोलाई १९ लाख पटक हेरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?