Comments Add Comment

चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. गौतम नियुक्त

२५ बैशाख, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम नियुक्त भएका छन् ।

क्यान्सर अस्पतालको बोर्ड बैठकले अस्पतालका नाक, कान, घाँटी विभागका प्रमुख डा. गौतमलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । कार्यकारी निर्देशकको रुपमा गौतमको कार्यकाल तीन वर्षको हुनेछ ।

यसअघिका कार्यकारी निर्देशक डा. विजय आचार्यको तीनवर्षे कार्यकाल बैशाख २३ गतेबाट सकिएपछि बोर्डले डा. गौतमलाई कार्यकारी निर्देशक चयन गरेको हो ।

यसअघि स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली, क्यान्सर बिज्ञ एवम् बोर्ड सदस्य डा. विनय ठाकुर र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रघुराम विष्ट सदस्य रहेको तीन सदस्यीय समितिले डा. गौतमको नाम सिफारिस गरेको थियो ।

नवनियुक्त कार्यकारी निर्देशक डा. गौतमले अस्पतालले प्रदान गर्ने सेवा सुविधालाई अझै सर्वसुलभ र सहज बनाउने विषयलाई प्राथमिकतामा राखेको बताए । उनले अस्पताललाई क्यान्सरको उपचार, अध्ययन अध्यापन र अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखेको बताए ।

जटिल क्यान्सर रोगबाट बिरामीहरुलाई बचाउन विश्वमा विकसित भएका आधुनिक प्रविधि र औजार उपकरणहरु ल्याएर व्यवस्थित गरिने डा. गौतमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment