+
+
Shares

शिकारीको पासोमा परेर बाँकेमा १ जना गम्भीर घाइते

रासस रासस
२०७७ वैशाख २५ गते १४:१३
प्रतीकात्मक तस्वीर

२५ वैशाख, बाँके । जिल्लाको कोहलपुरस्थित सामुदायिक वनमा शिकारीले थापेको पासोमा परी एक जना गम्भीर घाइते भएका छन् ।

कोहलपुर नगरपालिका –७, लखनाका ठाकुर थारू गएराति चोर शिकारीले थापेको पासोमा परी घाइते भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

उनका अनुसार, गोठ बनाउनका लागि स्थानीय मितेरी सामुदायिक वनमा काठ काट्न चार जनासहित पुगेका उनी चोर शिकारीले थापेको एकनाले बन्दूकको पासोमा परेका हुन् ।

पासो थापेको बन्दुक पड्किँदा थारूको पुठ छेडिएको छ । घाइते थारूको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

सामुदायिक वनमा रहेका मृग मार्न शिकारीले बन्दुकको पासो थापेको हुन सक्ने प्रहरीको अनुमान छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?