+
+
Shares

नारायणी नदीमा हामफालेर वृद्ध वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २५ गते १७:५९

२५ वैशाख, चितवन । नारायणी नदीमा हामफालेर भरतपुरका एक वृद्ध वेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्र थापाका अनुसार भरतपुर महानगरपालिका वडा नं. ५ घर भएका ७४ बर्षका धनपति भुसाल बिहीबार विहान पुलबाट हामफालेका हुन् । उनी विहानै हिँड्दै पुलमा आएको र गैडाकोटतर्फबाट हामफालेका थिए ।

उनका आफन्तहरु प्रहरीसँग सम्पर्कमा आएका छन् । दिनभर खोजी कार्य जारी राखे पनि नपाइएको र शुक्रबार पुनः खोजी गरिने प्रहरी निरीक्षक थापाले बताए । उनलाई प्रोस्टेटसम्बन्धी क्यान्सरको बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?