Comments Add Comment

बढ्दो संक्रमणकै बीच लकडाउन खोल्ने पाकिस्तानको निर्णय

२५ वैशाख, काठमाडौं । पाकिस्तानले शनिबारदेखि लकडाउन खुला गर्ने निर्णय गरेको छ । मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा भएपनि आर्थिक क्षतिको सामना गर्न नसक्ने भन्दै लकडाउन खोल्ने निर्णय गरेको हो । बिहीबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लकडाउनका कारण धेरै गरिब तथा श्रमिकहरु प्रभावित बनेको भन्दै लकडाउन खोल्न लागेको बताएका छन् ।

पाकिस्तानमा ठूलो संख्यामा गरिब तथा मजदुरहरु रहेकाले लकडाउन जारी राख्दा उनीहरुले दैनिक जीवनयापन गर्न नसक्ने प्रधानमन्त्री खानको भनाइ छ । उनले मुलुकमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकोमा आफूहरु जानकार रहेको बताए । यद्यपि पाकिस्तानमा अपेक्षा गरिएअनुसार कोरोना भाइरसको संक्रमण भने नफैलिएको उनको भनाइ छ ।

पाँच सातादेखि लकडाउनमा रहेको पाकिस्तानमा अहिलेसमम कोरोना भाइरसका संक्रमितको संख्या २४ हजार ७३ पुगेको छ । साथै पाँच सय ६४ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । बिहीबार पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा एक हजार पाँच सय २३ नयाँ संक्रमित फेला परेका छन् । एक दिनमा फेला परेका नयाँ संक्रमितको यो संख्या पाकिस्तानको लागि अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment