+
+
Shares

सांसदलाई सहयोगी नलिई आउन संसद सचिवालयको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २५ गते २२:१२

२५ वैशाख, काठमाडौं । राष्ट्रियसभाले बैठकमा आउँदा सहयोगी नल्याउन सांसदहरुलाई आग्रह गरेको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुलाई यस्तो आग्रह गरेको हो ।

‘सकेसम्म सहयोगी नल्याउन भनिएको छ । नल्याइ नहुने सुरक्षार्थ खटिएकाहरुका सन्दर्भमा केही भन्ने कुरा भएन’ संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने ।

शुक्रबारबाट संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनीकरण गर्नका लागि सामाजिक दुरी कायम हुने गरी बैठक कक्ष तयार पारिएको छ । सांसदहरुहरुलाई बालकोनीमा समेत राख्ने गरी व्यवस्था मिलाइएको छ ।

ठाउँ साँघुरो र रोगको जोखिम कम गर्नका लागि यस्तो आग्रह गर्ने निर्णय भएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?