Comments Add Comment

विमानस्थलमा स्विट्जरल्याण्डले बुझायो ३० हजार पीसीआर किट

२५ वैशाख, काठमाडौं । स्विट्जरल्याण्डले कोरोना परीक्षणका लागि सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट बिहीबार नेपाल आइपुगेको छ ।

पीसीआर टेस्ट किटसहित स्विट्जरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल आइपुगेको हो ।

स्विट्जरल्याण्ड सरकारकोतर्फबाट उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बिहीबार हस्तान्तरण गरिएको छ । विमानस्थल पुगेर नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

टेस्ट किट हस्तान्तरण गर्दै राजदूत क्यापलरले संक्रमण नियन्त्रणका लागि उपलब्ध गराइएको किटले सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् ।

स्विट्जरल्याण्ड सरकारले यसअघि नै ४ हजार थान पीपीई सेट, एक हजार इन्फ्रारेड थर्मोमिटर, ८ हजार एन९५ मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

यसैगरी स्विट्जरल्याण्डले कोभिड-१९ को पूर्वतयारी, राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment