Comments Add Comment
कोरोना संक्रमण :

भारतमा एकैदिन १०३ जनाको मृत्यु, नयाँ संक्रमित ३३९०

२६ वैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमणबाट एकैदिन १०३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार आठ सय ८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या ५६ हजार तीन सय ४२ पुगेको छ । गत २४ घण्टामा तीन हजार तीन सय ९० जना नयाँ संक्रमित थपिएका छन्।

गत २४ घण्टामा भारतमा एक हजार दुई सय ७३ जना भने निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १६ हजार पाँच सय ३९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment