
२६ वैशाख, काठमाडौं । संसद सचिवालयले संसदको बैठक कक्षमा प्रवेश गर्ने (सांसद, कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी) सबैको कोरोना परीक्षण गरेको छ ।
सचिवालयले बिहीबार र शुक्रबार दुई दिन कोरोना परीक्षणका लाथि थ्रोट स्वाब संकलन गरेको हो । संकलित नमुनाको रिपोर्ट आजै आउने बताइएको छ ।
संसद भवनमा प्रवेश गर्नेहरूको स्वाब संकलन गरेर टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभामा दुई सय ७५ जना छन् । राष्ट्रिय सभामा हाल ५८ जना छन् । बैठक कक्षमा प्रवेश गर्नेहरूले अनिवार्य रूपमा आफूलाई कोरोना संक्रमण नभएको रिपोर्ट देखाउनुपर्ने हुन्छ । अन्यथा प्रवेश दिइने छैन ।
संसद्को बजेट अधिवेशन शुक्रबार अपराह्न सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4