Comments Add Comment

बालुवाटारमा प्रधानमन्त्री ओलीको स्वाब संकलन

२६ वैशाख, काठमाडौं । दलका शीर्ष नेता एवं सांसदहरुले कोरोना परीक्षणका लागि स्वाब निकाल्न मुख बाएको तस्वीर र भिडियो बिहीबारदेखि मिडियामा छाएका छन् । तर, प्रधानमन्त्रीले स्वाब लिएको तस्वीर बाहिर आएको छैन ।

बिहीबारदेखि सुरु हुने संसद अधिवेशनमा सहभागी हुन प्रत्योक सांसदले कोराना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनुपर्ने छ । कोरोना परीक्षण नगरी संसदमा प्रवेश गर्न नपाइने भनिएको छ ।

बैठकमा जान अनिवार्य स्वाब परीक्षण गर्नैपर्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब बालुवाटारमा शुक्रबार बिहान स्वास्थ्यकर्मीहरुले लिएका छन् ।

बालुवाटार स्रोतले अनलाइनबरसँग भन्यो, ‘प्रधानमन्त्रीले आज स्वाब दिनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment