+
+
Shares

आज स्वाब दिएका सांसदले बैठकमा भाग लिन नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १५:२७

२६ वैशाख, काठमाडौं । कोरोना संक्रमण परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएका सांसदले दिउँसो ४ बजे हुने बैठकमा सहभागी हुन नपाउने भएका छन् ।

संसद सचिवालयले शुक्रबार स्वाब संकलन गरिएका सांसदलाई बैठकमा नआउन जानकारी गराएको छ ।

शुक्रबार संसदको बैठकअघि नै उनीहरुको रिपोर्ट आउने सम्भावना  कम रहेकाले उनीहरुलाई बैठकमा नआउन जानकारी गराइएको सचिवालय स्रोतले जनाएको छ ।

शुक्रबार प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० जना सांसदले कोरोना परीक्षणका लागि स्वाब दिएका छन् । उनीहरुको बिहान पौने १२ बजेसम्म स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

संघीय संसदले कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र संसद बैठकमा सहभागी हुन पाउने निर्णय गरेको छ । बिहीबार स्वाब संकलन गरिएका २१२ सांसद र संसद सचिवालयका कर्मचारीसमेत गरी ४ सय ४० जनामा भने कोरोना संक्रमण नभएको पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?