+
+
Shares

राधाकृष्ण मन्दिरमा सुहानाको बर्थ डे

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २७ गते ८:४३

नायिका सुहाना थापाले शुक्रबार आफ्नो जन्मदिन मनाइन् । नायिका थापाले आफ्नो जन्मदिन ‘भगवान कृष्ण’को मन्दिरमा पुगेर मनाएकी हुन् । काठमाडौंको बुढानीलकण्ठमा रहेको राधाकृष्ण मन्दिरमा अवस्थित इस्कोन नेपालमा रहेका ७५ वटा गाईलाई उनले जन्मदिनको अवसरमा खानेकुरा समेत खुवाइन् ।

नायिका थापा भगवान श्रीकृष्णको ठूलो भक्त हुन् । शाहाकारी यी नायिकाले जन्मदिनमा कृष्ण मन्दिरमा आउन पाउँदा निकै नै खुसी लागेको बताइन् । उनी आमा झरना थापा र बुबा सुनिलकुमार थापाको साथमा कृष्ण मन्दिर पुगेकी थिइन् । निर्देशक थापाले भनिन्–‘मन्दिरमा पूजा गरी मन्दिरमै माताहरूले बनाउनुभएको केक काटेर सुहानाले जन्मदिन मनाएकी हुन् ।’

चलचित्र ‘ए मेरो हजुर ३’बाट यो क्षेत्रमा भित्रिएकी यी नायिका अहिले चलचित्र ‘ए मेरो हजुर ४’मा काम गरिरहेकी छिन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?