+
+

चीनले नाप्न थाल्यो सगरमाथाको उचाइ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २७ गते १४:१२

२७ वैशाख, काठमाडौं । चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ । ३० जना आरोही तथा सर्वेयरहरू बुधबार आधार शिविरबाट सगरमाथातर्फ लागेको चिनियाँ सरकारी न्युज एजेन्सी सिन्ह्वाले जनाएको छ ।

चीनको प्राकृति संशाधन मन्त्रालयको यो टोलीले ग्लोबल नेविगेसन स्याटलाइट सिस्टम र ग्रेविमिटरको प्रयोग गरेर समुन्द्री सतहबाट सगरमाथाको सर्वेक्षण गर्ने पर्वतारोहण प्रशासनिक केन्द्रका उपाध्यक्ष वांग योंगफेंगले बताए ।

यो टिम अप्रिलको सुरुवातमै आधारशिविर पुगेको थियो । उनीहरूले त्यहाँ सगरमाथा आरोहण र हाइ अल्टिच्युड एरियामा कसरी सर्वे गर्ने भन्ने सिकेका थिए ।

वांगका अनुसार चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाइबारे अध्ययन गरेका छन् । १९७५ मा सगरमाथाको उचाइ ८ हजार ८४८.१३ मिटर र २००५ मा आठ हजार ८४४.४३ मिटर पाइएको थियो ।

हिमालहरूमा हिउँ कम भएकाले सगरमाथाको उचाइबारे बेलाबेला प्रश्न उठ्ने गरेको छ । नेपालले पनि अहिले सगरमाथाको उचाइ नापिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?