Comments Add Comment

मलहोत्राले दिए नेपाल चिकित्सक संघलाई पाँचहजार मास्क

२८ वैशाख, काठमाडौं ।  आईएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार मास्कहस्तान्तरण गरेका छन । मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्षडा. लोचन कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

मलहोत्राले आˆनो कम्पनीबाट उत्पादित मास्क विभिन्न अस्पताल, सुरक्षा निकाय, सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निःशुल्क वितरण गर्दै आईरहेका छन ।

कोरोना भाइरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर चिकित्सकहरु बिरामीको उपचार गरिरहेका चिकित्सकहरुलाई संघमै आएर मास्क वितरण गर्न पाएकोमा मलहोत्राले खुशी व्यक्त गरे । उनले भोलिका दिनमा पनि चिकित्सक संघसँग सहकार्य गरेर अगाडी बढने जनाउँदै अहिलेको महामारीमा संघलाई अन्य थप सहयोग पनि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कोरोनाभाइरस कोभिड-१९ फैलिनसक्ने त्रासका बीच मास्क अभाव भईरहेका बेला मलहोत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशको लागी धेरै राम्रो काम र ठूलो सहयोग गर्नुभएको उक्त मास्क हस्तान्तरण कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।

मनका धनी मलहोत्राले अहिले ब्याबसाय गर्न भन्दा पनि सामाजिक कामका लागि मास्क कम्पनी सन्चालनमा ल्याएको बताए । उनले आफ्नो कम्पनीले दिनमा करिब ७० हजार मास्क उत्पादन गर्ने र शुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटल लगाएतका क्षेत्रमा वितरण गरिँदै आएको बताए ।

उनले अबको केहि दिनबाट मास्कको सर्टेज नहुने समेत दाबी गरे । आफूहरुले उत्पादन गरेको सर्जिकल मास्क बजारमा समेत उपलब्ध रहेको उनले बताए । आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment