+
+
Shares

सरकारलाई माधव नेपालको आग्रह– भारतसँग तत्काल भिडियो वार्ता गर

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते १४:३५

२८ वैशाख, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अन्तर्राष्ट्रिय विभाग प्रमुख माधवकुमार नेपालले नेपाली भूमि लिपुलेक अतिक्रमणबारे भारतसँग तत्काल भिडियो वार्ता गर्न माग गरेका छन् ।

भारतले महामारीको मौका छोपेर लिपुलेक अतिक्रमण गरेकाले महामारी अन्त्य होस् भनेर पर्खन नहुने नेता नेपालको भनाइ छ ।

‘कोभिड-१९ का कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थाको मौका छोपेर गरिएको अतिक्रमणसम्बन्धमा छलफल गर्न महामारीको अन्त्य नकुरी भिडियो कन्फ्रेसन्सबाट कुराकानी गर्न हामी विशेष ध्यानाकर्षण गराउँछौं,’ नेकपा विदेश विभाग प्रमुखको हैसियतमा नेपालद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

देशको भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्न नेता नेपालले माग गरेका छन् । सीमाको नियमित नियमन र विकट सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूका लागि उचित प्रवन्ध गर्नुपर्ने आवश्यकता पनि नेता नेपालले औंल्याएका छन् ।

सीमा समस्या समाधानबारे यसअघि पार्टीले गरेका निर्णय स्मरण गराउँदै नेता नेपालले देशको सम्पूर्ण भूभागसहित आधिकारिक नक्सा सार्वजनिक माग गरेका छन् ।

‘आफ्नो मुलुकको सम्पूर्ण भूभागसहित आधिकारिक नक्सा प्रकाशन गर्न पनि सरकारको ध्यानाकर्षण गराउँछौं,’ नेता नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?