Comments Add Comment

कास्कीमा लकडाउन खुकुलो, यी सवारी चलाउन पास नचाहिने

२८ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले लकडाउन खुकुलो गर्ने आइतबारदेखि कास्कीमा ढुवानीमा सहज हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार सूचना जारी गरी निश्चित क्षेत्रको ढुवानीका लागि पाससमेत नचाहिने जानकारी दिएको हो ।

कास्कीमा विकास निर्माण, उद्योग, कृषि तथा अन्य उत्पादनशील कार्यमा संलग्न व्यक्तिले सवारी साधनका लागि प्रशासनबाट पास लिनु नपर्ने भएको छ । ‘कृषि, पशुपंक्षीजन्य सेवा तथा सामग्री, खाद्यान्न, विकास निर्माणमा प्रयोग हुने औजार, उपकरण ल्याउने सवारी साधनमा पास नचाहिने,’ सूचनामा भनिएको छ ।

प्रशासनले संघीय सरकारले तोकेअनुसार आवश्यक कर्मचारी व्यवस्थापन गरी बैंक तथा वित्तीय संघसंस्था सञ्चालनका लागि पनि पास नचाहिने जनाएको छ । तर, त्यस्ता संस्था सञ्चालन गर्दा ‘आलोपालो’ विधिबाट एक तिहाइ कर्मचारीले सेवा दिन निर्देशन दिएको छ ।

विकास आयोजनाको काम अघि बढाउँदा बढीमा १० जनामा एक ठाउँमा जम्मा हुन र सवारी वर्कसप, इन्टरनेट जडान, प्लम्बिङ, ,इलेम्ट्रिकल सेवा र पेट्रोल पम्पआदिमा बढीमा ५ जना कामदार तथा कर्मचारीको व्यवस्था गर्न सूचनामा उल्लेख ।

‘शैक्षिक संघ संस्था, रंगशाला, जिम हल, फिल्म हल, धार्मिक तथा सार्वजनिक स्थलमा जम्मा हुन पाइने छैन,’ सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment