Comments Add Comment

सांसद अपहरण प्रकरण : साक्षीसँग लियो प्रहरीले २ घण्टा बयान

जनता समाजवादी पार्टीका नेता एवं सांसद सुरेन्द्र यादव

२८ वैशाख, जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता एवं सांसद सुरेन्द्र यादव अपहरण काण्डको अनुसन्धान सुरु भएको छ । नेपाल प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक देवीप्रसाद पौडेल नेतृत्वको टोलीलाई जिम्मेवारी दिएको छ ।

उक्त टोली आइतबार जनकपुरधाम आएर अनुसन्धान सुरु गरेको हो । पहिलो चरणमा अपहरण मुद्दाका साक्षी रहेका जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवसँग बयान लिइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय, धनुषा बोलाएर उनीसँग बयान लिएको हो ।

पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको गत वैशाख १० गते नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत तथा किसान श्रेष्ठले अपहरण गरेको भन्दै सरकारी वकीलको कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

‘धनुषाका एसपीले फोन गरेर बोलाउनुभयो,’ बयान दिएका नेता शेषनारायण यादवले भने, “काठमाडौंबाट आएको टोलीले २ घण्टा आफूसँग सोधपुछ गरेका छन् ।”

यादवले आफू सत्यतथ्य कुरा टोलीलाई बताएको अनलाइनखबरलाई बताए । ‘जुन तरिकाले घटना भयो, आफूले त्यही कुरा टोलीलाई जानकारी गराएको उनले बताए ।

सांसद यादवलाई जनकपुरबाट काठमाडौँ लग्ने क्रममा उनले सबैभन्दा पहिले बाटोबाट नेता यादवलाई नै सम्पर्क गरेका थिए । त्यसैले पहिलो बयान उनैसँग लिइएको प्रहरी श्रोतको भनाइ छ ।

प्रहरीको टोलीले सांसद यादवको महोत्तरीको सम्सी गाउँपालिका ४ स्थित गाउँ पुगेर उनका परिवारजन र स्थानीयसँग सोधपुछ गरेको नेता यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment